पार्टी फुट्न सक्ने शेखरको आँकलन, देउवालाई भने– ‘जोगाउनुस्’

लोकपथ
1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई पार्टी फुटको अवस्थामा जान सक्ने भन्दै त्यसलाई जोगाउन पहलकदमी लिन आग्रह गरेका छन् ।

सोमबार देउवा निवास महाराजगञ्जमा पुगेर शेखरले सो आग्रह गरेका हुन् ।

विशेष महाधिवेशनले आफू नेतृत्वको केन्द्रीय समिति नै भंग गर्ने कार्यविधि ल्याएसँगै देउवाले आफू निकटका पदाधिकारीहरुको बैठक बोलाएका थिए । उक्त बैठकमा आफूसहित ४ नेता लिएर पुगेका शेखरले विशेष महाधिवेशनपछि पार्टी सग्लो रहन नसक्ने भन्दै ध्यानाकर्षण गराएका हुन् ।

शेखरले देउवासँग आधा घण्टा भेटेर निस्किएका छन् । अहिले विशेष महाधिवेशनबाट आउने नेतृत्व लगायतका विषयमा देउवा कानुन व्यवसायीहरुसँगको परामर्शमा रहेका छन् ।

यता शेखरले भने आफूले पार्टीलाई फुटको अवस्थामा जान नदिन लागिपरेको दाबी गरेका छन् । आइतबार विशेष महाधिवेशन उद्घाटन समारोहमा आफू निकटका नेताहरुलाई पठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?