रञ्जु दर्शनाले रास्वपाको समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिन दिइन् निवेदन

लोकपथ
2.6k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य रञ्जु दर्शनाले समानुपातिक तर्फको बन्दसूचीबाट आफ्नो नाम हटाउन निर्वाचन आयोगमा निवेदन दिएकी छन् ।

रञ्जुको निवेदन लिएर पार्टीका एक प्रतिनिधि सोमबार निर्वाचन आयोग पुगेका हुन् ।

रास्वपाले रञ्जुलाई खस आर्य महिलातर्फ समानुपातिक बन्दसूचीको १०औँ स्थानमा राखेको थियो । तर पार्टीको प्राइमरी चुनावमा महिलातर्फ सबैभन्दा धेरै मत ल्याए पनि बन्द सूचीमा अपेक्षित प्राथमिकता नपाएको भन्दै पार्टीभित्रै असन्तुष्टि देखिएको थियो ।

आइतबार पार्टीले बन्द सूचीमा संशोधन गरे पनि रञ्जुको स्थान अगाडि नबढाइएपछि उनी थप असन्तुष्ट बनेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?