काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका इन्स्पेक्टर पृथ्वीन्द्र खनाल ‘पृथ्वी’ को नयाँ गीत सार्वजनिक भएको छ ।
क्रिकेटप्रेमी समेत रहेका खनालले टी–ट्वान्टी विश्वकप २०२६ को पूर्वसन्ध्यामा नयाँ गीत सार्वजनिक गरेका हुन् ।
आगामी फेब्रुअरी ०७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा टी–२० पुरुष विश्वकप २०२६ को आयोजना हुँदैछ ।
शब्द संगीत उनै पृथ्वीको रहेको छ । भने उक्त गीतमा पृथ्वीसहित ६ जनाले स्वर दिएका छन् । जसमा पृथ्वीसहित प्रीति कौर, कर्णराज कार्की, आरसी रिमाल, डोयर स्लार र बुलेट फ्लोको स्वर रहेको छ ।
नेपाली र अंग्रेजी दुवै भाषाको उपयोग गरिएको उक्त गीत र्याप भर्जनमा रहेको छ । क्रिकेटप्रेमी मात्र नभएर आम मानिसहरुलाई समेत उक्त गीतले प्रभाव पार्ने देखिन्छ । साथै नेपालले पछिल्ला वर्षहरुमा क्रिकेटमा सफलता हासिल गरिरहेको नेपाली टोलीलाई जितको लागि उत्साह समेत उक्त गीतले भरेको देखिन्छ ।
त्यसो त बहुप्रतिभाका धनी पृथ्वी खनालले यसअघि बजारमा ल्याएका गीतहरु लोकप्रीय छन् । उनले यसअघि नै मन सानो, चान्स पायो कि नेपालीले गर्छ, वर्ल्ड कपमा नेपाल, बाटुली लगायत दर्जन बढी गीत बजारमा ल्याइसकेका छन् ।
आइतबार मात्रै सार्वजनिक भएको उक्त ‘नमस्ते नमस्कार’ एकै दिनमा झण्डै दुई लाख दर्शकले हेरिसकेका छन् ।
भिडियो हेर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया