महामन्त्रीद्वयको प्रस्तावसहित ४ विषयमा छलफल गर्न ९ समूह गठन

लोकपथ
350
Shares

काठमाडौं । नेपाली कांग्रेसको आइतबारबाट सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र जारी छ ।

सोमबार बिहानबाट सुरु भएको बन्दसत्रमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले छुट्टाछुट्टै प्रस्तावहरु पेस गरेका छन् ।

ती प्रस्तावसहित अन्य विषयमाथि छलफलका लागि ९ वटा समूह गठन गरिएका छन् ।

विशेष महाधिवेशनको प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलका अनुसार ती समूहले महामन्त्रीद्वयको प्रतिवेदन र अन्य ४ विषयमाथि समेत छलफल गर्नेछन् ।

गठित समूहले छलफलका लागि तय भएका समसामयिक राजनीति, नीति र नेतृत्व, शासकीय सुधार र विधान संशोधन लगायतका विषयमा छलफल गरेर सुझाव दिनेछ ।

ती प्रस्तावमाथि समूहगत छलफलपछि विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अघि बढ्ने नेता पोखरेलले बताए ।

‘हामीले प्रस्तावहरू पेस गरिसकेका छौँ, अब समूहगत छलफल र त्यसपछि नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्छ,’ उनले भने ।

बन्दसत्रमा विशेष महाधिवेशनको छुट्टै कार्यविधि समेत पेस भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?