काठमाडौं । शेयर बजारको परिसूचक नेप्से ५.५४ अंकले घट्दै २६३५ अंकमा कायम भएको छ । परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ ।
अघिल्लो कारोबार दिन ४ अर्ब ९० करोड रुपैयाँको कारोबार भएकोमा आज ६ अर्ब ४७ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
आजको कारोबारमा ७५ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको घटेको छ । ७ कम्पनीको मूल्य स्थिर रह्यो । समूहगत रूपमा उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.०२ प्रतिशतले बढ्यो । व्यापार समूह भने १.१६ प्रतिशतले घट्दै सबैभन्दा धेरै गिरावट आएको समूह बन्यो ।
विकास बैंक समूह ०.०२ प्रतिशत र होटेल तथा पर्यटन समूह ०.१० प्रतिशतले बढेका छन् । यता बैंकिङ समूह ०.२५, फाइनान्स ०.५३, हाइड्रोपावर ०.११, लगानी ०.४२, जीवन बीमा ०.१८, माइक्रोफाइनान्स ०.६६, निर्जीवन बीमा ०.१४ तथा अन्य समूह ०.२९ प्रतिशतले घटेका छन् ।
कारोबार रकमका आधारमा आज एसवाई प्यानल, राधि विद्युत्, मञ्जुश्री फाइनान्स, श्रीनगर एग्रिटेक र शिवम् सिमेन्ट अग्रस्थानमा रहे ।
आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एसवाई प्यानल र श्रीनगर एग्रिटेक कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको हो । त्यसैगरी रसुवागढी हाइड्रोपावरको ८.५३, बुङ्गल हाइड्रोपावरको ५.४१, ट्रेड टावरको ५.३० र सिक्लेस हाइड्रोपावरको ५.२९ प्रतिशतले शेयर मूल्य बढ्यो ।
घट्नेमा सुपर मादी हाइड्रोपावर ४.२५, कालिका लघुवित्त ३.८५ र मायाखोला हाइड्रोपावर ३.७१ प्रतिशतले ओरालो लागे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया