समूह चरणको चौथो खेलमा नेपाल ओमानसँग पराजित

काठमाडौं, २३ कात्तिक । एएफसी यु–१९ एसियाकप फुटबलको छनोटको समूह चरणको चौथो खेलमा पनि नेपाल पराजित भएको छ कीर्गिस्तानको विस्केकमा भएको समूह चरणको चौथो खेलमा नेपाललाई ओमानले ५–० गोलले पराजित गरेको हो । यो खेलसँगै नेपालले प्रतियोगिताका चार खेलमा १२ गोल खायो भने एक गोल पनि फर्काउन सकेन यसअघि नेपालले कीर्गिस्तानसँग २–०, बहराइनसँग ४–० र यूएईसँग १–० को हार बेहोरेको थियो एएफसी एसिया कप यू–१९ छनोट फुटबलमा नेपाल एक अंक पनि बटुल्न नसकी समूह चरणबाट बाहिरिएको छ । समूह ‘ए’ मा रहेको नेपालले छनोट प्रतियोगितामा खराब प्रर्दशन गर्दै एक खेल पनि नजिती बाहिरिएको हो त्यस्तै, समूह एमा लगातार तीन खेलमा जित हासिल गरेको यूएई समूह विजेता बन्दै एक वर्षपछि इन्डोनेसियामा हुने एएफसी यू–१९ च्याम्पियनसीपमा छनोट भएको छ । त्यसैगरी निर्णायक खेलमा नेपाललाई पराजित गर्दै ओमान समूहमा दोस्रो भएको छ इन्डोनेसियामा सन् २०१८ को अक्टोबरमा हुने एएफसी यू–१९ च्याम्पियनसीपमा १६ टिमबीच प्रतिस्पर्धा हुनेछ । छनोट प्रतियोगिताको समूहमा शीर्ष स्थानमा ओगट्न सफल १० टिम तथा दोस्रो स्थान ओगटेका ५ टिम छानिने छन्, भने इन्डोनेसिया भने आयोजकको रुपमा छनोट भइसकेको छ  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?