काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका नेताहरुलाई बोलाएका छन् ।
विशेष महाधिवेशनको बन्दसत्र चलिरहँदा सभापति देउवाले आफू निकटका नेताहरुलाई छलफलमा बोलाएका हुन् ।
त्यसो त आजै विशेष महाधिवेशनले देउवा नेतृत्वको कार्यसमितिलाई भंग गरी नयाँ निर्वाचनमार्फत् नेतृत्व चयन गर्ने प्रस्ताव गरिसकेको छ ।
विशेष महाधिवेशनमा संस्थापन पक्षकै धेरै महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेपछि त्रसित बनेका देउवाले त्यसबारे थप छलफल गर्न बैठक बोलाएका हुन् ।
देउवाले आफ्नो निवासमा ३ बजेका लागि बैठक आह्वान गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया