तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नका लागि कांग्रेसले सशक्त भूमिका खेल्छ : गगन थापा

लोकपथ
56
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्र गगनकुमार थापाले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नका लागि आफ्नो पार्टीले सशक्त भूमिका निर्वाह गर्ने बताएका छन् । 

नेपाली कांग्रेस सो निर्वाचनमा सहभागी हुने र त्यसलाई भव्यताका साथ सफल पार्न लागिपर्ने महामन्त्री थापाको भनाई थियो । 

काठमाडौंको भृकुटीमण्डपमा जारी पार्टीको विशेष महाधिवेशनमा बोल्दै उनले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पनि सरकारलाई सचेत गराए । 

महामन्त्री थापाले भने,‘नेपाली कांग्रेस पार्टी फागुन २१ को निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित हुनुपर्छ भन्ने मान्यता राख्छ । र भव्यताका साथ नेपाली कांग्रेस पार्टी यो निर्वाचनलाई सफल बनाउने कुरामा आफ्नो भूमिका निर्वाह गर्दछ । हामी निर्वाचनमा सोहीअनुसार सहभागी हुन्छौँ भन्नेकुरा यहाँ राखेको छु ।’

महामन्त्री थापाले निर्वाचन प्रणालीमा सुधारको आवश्यकतामा पनि जोड दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?