काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक प्रस्ताव राखेका छन् ।
विशेष महाधिवेशनको दोस्रो दिन भृकुटीमण्डपको बन्दसत्रमा महामन्त्री थापाले राजनीतिक प्रस्ताव राखेका हुन् ।
महामन्त्री थापाले ‘बदलिएको समयको कांग्रेसका लागि, बदल्न पर्ने देशका लागि’ नारासहितको प्रस्ताव राखेका हुन् ।
महामन्त्री थापाले जेनजी विद्रोहकै कारण कांग्रेस नयाँ नेतृत्व चयन गर्नेगरी विशेष महाधिवेशनको अवस्थासम्म आइपुगेको स्पष्ट पारेका छन् ।
त्यस्तै जेनजी विद्रोहपछि देशको राजनीति असाधारण परिस्थितिमा पुगेको भन्दै विशेष महाधिवेशनले नेपाली कांग्रेसलाई केवल एउटा राजनीतिक पार्टीको रुपमा मात्र सीमित नभई लोकतन्त्रप्रति पूर्ण निष्ठावान, समाजप्रति प्रतिबद्ध, जनताप्रति उत्तरदायी र स्थापनाकालीन जनमुखी आदर्शमा कृतसंकल्पित सम्मुन्नत नेपालको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम र विश्वासयोग्य शक्तिका रुपमा पुनःस्थापित गर्ने ऐतिहासिक जिम्मेवारी लिएको दाबी गरिएको छ ।
‘देश र पार्टीका लागि असाधारण परिस्थितिमा हुन गइरहेको यो विशेष महाधिवेशनले नेपाली कांग्रेसलाई केवल एउटा राजनीतिक पार्टीको रुपमा मात्र सीमित नभई लोकतन्त्रप्रति पूर्ण निष्ठावान, समाजप्रति प्रतिबद्ध, जनताप्रति उत्तरदायी र स्थापनाकालीन जनमुखी आदर्शमा कृतसंकल्पित सम्मुन्नत नेपालको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम र विश्वासयोग्य शक्तिका रुपमा पुनःस्थापित गर्ने ऐतिहासिक जिम्मेवारी लिएको छ,’ प्रस्तावमा भनिएको छ, ‘पार्टीभित्र र बाहिरका आम कांग्रेसजनमा देखिएको उदासिनताको बादललाई हटाउँदै नवीन उर्जा, उत्साह, एकता र रुपान्तरणसहित समुन्नत नेपाल निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न आज हामीले संकल्प गर्दछौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया