देउवालाई गगनको आग्रह : विशेष महाधिवेशन पार्टीको कार्यक्रम हो, सहभागी हुनुस्

लोकपथ
140
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशनमा सहभागी हुन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत नेताहरूलाई पुनः आग्रह गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा आफ्नो राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै महामन्त्री थापाले विधानसम्मत ढंगले आयोजना गरिएको यो महाधिवेशन अवैधानिक नभएको दाबी पनि गरेका छन् ।

उनले भने, ‘हामी बन्दसत्रबाट पनि पार्टीका सभापतिजी र कार्यवाहक सभापतिजीलाई यो कार्यक्रम पार्टीको हो भनेर अनुरोध गरिरहेका छौँ । यहाँ थुप्रै साथीहरूले मलाई सम्पर्क गरिराख्नु भएको छ, कोही बाहिर, कोही भित्र। तर जिल्लाका नेताहरूसँग डराउँदा आउन सकिरहेका छैनन् ।’

महामन्त्री थापाले पार्टी जागरूक भएर अघि बढ्नु पर्ने आवश्यकतामा जोड दिँदै, देशलाई आशाको सन्देश दिने काम कांग्रेसले गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?