पार्टी फुट्न दिन्नँ, कांग्रेस जोगाएरै छोड्छु : डा.शेखर कोइराला

लोकपथ
455
Shares

 काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजन हुन नदिने बताएका छन्  । सोमबार आफू निकट नेताहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी जोगाउन आफू निरन्तर प्रयासरत रहेको बताएका हुन् ।

डा.कोइरालाले पार्टी फुट्छ कि भन्ने आशङ्का नगर्न आग्रह गर्दै सबैसँग समन्वय गरेर कांग्रेसलाई एक ढिक्का बनाएर अघि बढाइने बताए । पार्टी जोगाउनु नै आफ्नो प्रमुख चिन्ता भएको उल्लेख गर्दै उनले कुनै हालतमा पार्टी विभाजन हुन नदिने दाबी गरे ।

उनले भने, ‘पार्टी जोगाउन कोसिस गर्दै छु । पार्टी जोगिन्छ । त्यो चिन्ता नगर्नुस् । मेरो एउटै चिन्ता पार्टी फुट्न हुँदैन, र म फुट्न दिन्न । समन्वय गरिकन मिलाएर लगिन्छ, एक ढिक्का बनाएर लैजान्छु ।’

यसैबिच, कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन प्रक्रिया सुरु गरेका छन् । सोमबारबाट विशेष महाधिवेशनअन्तर्गत बन्दसत्रको कार्यक्रम पनि सञ्चालनमा आएको छ ।

तर संस्थापन पक्षले विशेष महाधिवेशन प्रक्रियाप्रति अहिलेसम्म कुनै ठोस चासो नदेखाएको बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?