काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले पार्टी विभाजन रोक्न संस्थापन र महाधिवेशन दुवै पक्षसँग संवाद गर्ने भएको छ ।
आज बिहान बालुवाटारस्थित निवासमा कोइराला पक्षको बसेको बैठकले डा.शेखरसहित उपसभापति धनराज गुरुङ र नेता डा.मिनेन्द्र रिजाललाई सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वयसँग वार्ताका लागि जिम्मा दिएको छ ।
कोइराला पक्षको बैठकमा हिजो भृकुटीमण्डपको उद्घाटन सत्रमा पुगेका नेताहरू पनि पुगेका थिए । उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, सुनिल शर्मा, चतुरबहादुर चन्दलगायतका नेता बालुवाटार पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया