बैतडी । बैतडीको पाटन नगरपालिका–८ साँडीघाटी नजिक बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । सुर्नया गाउँपालिका–६ मोतीनगरबाट डडेलधुरातर्फ जाँदै गरेको म१ज २२४ नम्बरको बोलेर जिप आज सोमबार बिहान साढे १० बजेतिर जय पृथ्वी राजमार्गअन्तर्गत साँडीघाटी नजिक दुर्घटनामा परेको हो ।
मृत्यु भएका ३ जनाको सनाखत हुन बाँकी रहेको छ ।
सो जिप आफैँ अनियन्त्रित भएर सडकबाट करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
जिपमा सवार अन्य सबै घाइते भएका र घाइतेहरूको संख्या यकिन हुन बाँकी रहेको प्रहरी निरीक्षक सिंहले बताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया