बालेनले माघ ४ गते मेयर पदबाट राजीनामा दिने, ओलीसँग चुनाव लड्ने तयारी

लोकपथ
245
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आगामी माघ ४ गते पदबाट राजीनामा दिने भएका छन् । उनले प्रतिनिधिसभा सदस्य निर्वाचन लड्नका लागि राजीनामा दिने भएका हुन् । 

‘उहाँले राजीनामा दिने निश्चित भएको छ । माघ ४ गते राजीनामा आउँछ, ‘सचिवालयका एक सदस्यले भने । 

त्यसपछि उनी निर्वाचन तयारीका लागि झापा–५ मा जाने तयारीमा छन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा–५ बाट चुनाव लड्नेगरी छलफलमा छन् । आगामी ४ गते प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ नोमिनेसन दर्ता गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?