काठमाडौं । साताको दोस्रो कारोबारका दिन सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनकोे मूल्य आज ४ हजार १ सय रुपैयाँले बढेर २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यो मूल्य हाल सम्मको उच्च हो ।
त्यस्तै आज चाँदीको मूल्यले पनि नयाँ कीर्तिमान बनाएको छ । अघिल्लो दिन ४ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज २ सय ५ रुपैयाँले बढेर ५ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया