गगनको टिप्पणीप्रति पोखरेलको प्रतिउत्तर– ‘भूराजनीतिक स्वार्थका सामु लम्सार पर्नु दासता हो’

लोकपथ
280
Shares

 काठमाडौं । नेकपा एमालेका महासचिव शंखर पोखरेलले भूराजनीतिक स्वार्थका सामु झुक्नु दासता भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्  ।

महासचिव पोखरेलको भनाइ कांग्रेस महामन्त्री गगन थापाको अभिव्यक्तिप्रति लक्षित रहेको देखिन्छ । हिजो आइतबारदेखि जारी कांग्रेस विशेष महाधिवेशन थापाले एमालेतर्फ संकेत गर्दै कांग्रेस ‘दास र लासहरूको पार्टी नभएको’ टिप्पणी गरेका थिए ।त्यसप्रति महासचिव पोखरेलले जवाफ दिएका हुन् ।

पोखरेलले देश, संविधान र लोकतन्त्र नै सङ्कटमा परेको अवस्थामा उत्सव मनाउने सोचप्रति आपत्ति जनाउँदै त्यसलाई नैतिक विचलनको संज्ञा दिएका छन् । 

उनले भनेका छन्, ‘भूराजनीतिक स्वार्थका सामु लम्पसार पर्नु दासता हो, त्यसका विरुद्ध आवाज उठाउनु स्वाभिमान हो । विध्वंस, अराजकता र आतङ्कका सामु झुक्नु कायरता हो, त्यसका विरुद्ध उभिएर जनताको मनोबल उठाउनु साहस हो ।’

संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य जोखिममा परेको बेला उत्सव मनाउने प्रवृत्तिप्रति प्रश्न उठाउँदै उनले जेनजीको हृदय जलिरहेको घडीमा यस्तो व्यवहार उपयुक्त नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?