सभापति देउवा आज भृकुटीमण्डपमा सहभागी हुँदैनन् : सचिवालय

लोकपथ
861
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज विशेष महाधिवेशनमा सहभागी नहुने भएका छन् ।

सचिवालयले सामाजिक सञ्जालमा फैलिएको देउवा भृकुटीमण्डप जाने सूचना गलत भएको स्पष्ट पारेको छ। केही व्यक्तिहरूले भ्रम फैलाउने उद्देश्यले यस्तो सूचना प्रवाह गरेको सचिवालयको भनाइ छ।

सचिवालयका अनुसार, आज भृकुटीमण्डपमा हुने भनिएको कार्यक्रममा सभापति देउवा सहभागी हुने कुनै कार्यतालिका नरहेको छ। सचिवालयले आधारहीन सूचनाको पछि नलाग्न र भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?