काठमाडौं । नेपाली कांग्रेसको आज उद्घाटन भएको दोस्रो विशेष महाधिवेशनबारे चौतर्फी चर्चा भइरहेको छ ।
खासगरी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अडानपछि सम्भव भएको विशेष महाधिवेशनबारे फरक पार्टीका नेता कार्यकर्ताले समेत प्रशंसा गरिरहेका छन् ।
एमालेका उपमहासचिव योेगेश भट्टराईले त आफूहरुले पार्टीभित्र ल्याउन नसकेको उभार दुई महामन्त्रीले मित्रपार्टी कांग्रेसमा ल्याएको भन्दै शुभकामना दिएका छन् ।
यता खासखास समयमा मात्रै सामाजिक सञ्जालमा आफ्नो अभिव्यक्ति दिने काठमाडौं महानगरपालिकाका मेयर एवं रास्वपा नेता बालेन्द्र शाह ‘बालेन’ ले समेत सांकेतिक रुपमा शुभकामना दिएका छन् ।
केहीबेरअघि सामाजिक सञ्जालमा नाम उल्लेख नगरी उनले ‘सबैलाई शुभकामना’ भन्दै लेखेका छन् । त्यति मात्र होइन उनले ‘हामी आउँदैछौँ’ भन्दै घुमाउरो भाषामा लेखेका छन् ।
‘शुभकामना सबैलाई !! हामी आउँदै छौं,’ उलने लेखेका छन् ।
त्यसो त पुराना नेताहरुप्रति कटाक्ष गर्ने बालेनले कांग्रेस भित्र युवा नेतृत्वले गर्न खाजेको विद्रोह र पार्टीभित्र ल्याउन लागेको उभारबारे उनले अप्रत्यक्ष रुपमा शुभकामना दिएको बुझ्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया