काठमाडौं । चोरीको मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–४ बस्ने २४ वर्षीय विक्रम सुनुवार रहेका छन् ।
प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले चोरीको मोटरसाइकलसहित उनलाई काठमाडौं महानगरपालिका–२७ स्थित केशरमहलबाट पक्राउ गरेको हो ।
आरोपीको साथबाट प्रहरीले बा.प्र–०२–०२१ प ३७३४ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल बरामद गरेको छ ।
आरोपीलाई प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया