काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीलाई संगठित र सुदृढ बनाउन विशेष महाधिवेशन आयोजना गरिएको बताएका छन् ।
दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता केसीले यस्तो बताएका हुन् ।
उनले भने, ‘कुनै पनि लोकतान्त्रिक पार्टी गतिशील हुन्छ, एकै ठाउँमा जमेको पोखरी जस्तो हुँदैन । त्यसले गतिशीलता लिन्छ, बग्दै जाँदा विकृतिहरू र गल्तीहरूलाई सुधार्दै स्वच्छ, पवित्र, सुदृढ र संगठित बनाउँछ ।’
उनले महाधिवेशनलाई पार्टीको विकृतिहरूलाई सुधार्ने र लोकतान्त्रिक मूल्यहरू सुदृढ गर्ने अवसरको रूपमा हेरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया