काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई राजीनामा दिन सुझाव दिएका छन् ।
विशेष महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले पार्टीलाई समयको मागअनुसार मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।
उनले भने, ‘यहाँ आएकाहरू तपाईँलाई माया नगर्ने होइनन्, तपाईँलाई माया गर्ने हुन् । तपाईँप्रतिको सम्मान घट्न नदिन दाइ छाडिदिनुस् । अभिभावक भएर बस्नुस् याे काँध त्यो जिम्मेवारी बोक्न तयार छ । जसले घुमिघुमी बोलाइरहेका छन्, ती तपाईँलाई माया गर्ने होइनन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया