दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव अघि बढ्छौँ : महामन्त्री शर्मा

लोकपथ
105
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले  दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने निर्णय गरेर अघि बढ्ने  बताएका छन् ।

काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । 

 महामन्त्री शर्माले पार्टीभित्र सत्ता र नेतृत्वका विषयमा स्पष्ट मापदण्ड तय गर्नुपर्ने  बताए । उनले नेतृत्व सीमित गर्ने निर्णयले पार्टीलाई संस्थागत र विश्वसनीय बनाउने विश्वास व्यक्त गरे ।

महामन्त्री शर्माले दुई ठुला दल मिलेर सरकार गठन गर्दा पनि जनतामा अपेक्षित विश्वास जगाउन नसकिएको स्वीकार गरे । ‘ठुला पार्टी मिल्दा स्थिरता आउँछ भन्ने अपेक्षा थियो, तर जनताको भरोसा जित्न हामी सफल हुन सकेनौँ,‘उनले भने ।

उनले बदलिँदो समय र जनअपेक्षाअनुसार कांग्रेसले आत्मसमीक्षा गर्दै संरचनात्मक र नीतिगत सुधारमा जानुपर्ने आवश्यकता रहेको उल्लेख गरे । विशेष महाधिवेशन कांग्रेसलाई समयअनुकूल रूपान्तरण गर्ने महत्त्वपूर्ण अवसर भएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?