काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र उद्घाटन गर्न आग्रह गरेका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै शर्माले सभापति देउवालाई रोइलो छोडेर बन्दसत्रको हलमा उपस्थित हुन अनुरोध गरेका हुन् । उनले महाधिवेशनको बन्दसत्रले देउवालाई झन्डै आधा दर्जन विकल्प दिने समेत बताए ।
डा.शर्माले पार्टी चुनावमा सभापति देउवालाई चुनौती दिएर हार भए पनि सम्मानपूर्वक घरसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘लोकतन्त्रले जित्छ, प्रजातन्त्रले जित्छ । तपाईं हारिरहँदा पनि हामी रथ हायर गरेर हार्ने साथिहरुलाई फूलमालासहित घरसम्म पञ्चेबाजा बजाएर पुर्याउँछौँ ।’
साथै उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको माग सम्बोधन गर्न मध्यमार्गी बाटो अवलम्बन गर्न नसक्नु दुर्भाग्यपूर्ण भएको पनि बताए । शर्माले सभापति देउवालाई सम्झाउँदै भने, ‘शेरबहादुर दाई, तपाई ८० वर्ष पार गर्नु भएको, इतिहास बोकेको नेता हुनुहुन्छ । अब उमेरका कारण माथिबाट बोलाइराखेको बेला आफ्ना कार्यकर्ताको सम्मान गर्दै बन्दसत्रको हलमा आउनुहोस् । हामी तपाईंलाई ६-७ वटा विकल्प दिन सक्छौँ ।’
पार्टीभित्रको आन्तरिक विवादका बीच महाधिवेशन भृकुटीमण्डपमा जारी छ । बन्दसत्र सोमवार बिहानदेखि सुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया