काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि ललितपुरबाट र्याली सुरु भएको छ ।
ललितपुरको कुपण्डोलबाट बाजागाजासहित सुरु भएको र्यालीको नेतृत्व कांग्रेसका नेता तथा पूर्वमन्त्री ओमकार प्रसाद श्रेष्ठले गरेका छन् ।
र्यालीमा बागमती प्रदेश उपसभापति चन्द्र महर्जन, सहमहामन्त्री ऋषिराम घिमिरे, जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठलगायत नेता–कार्यकर्ताको सहभागिता छ ।
र्यालीमा सांस्कृतिक झाँकी, बाजा र विभिन्न परम्परागत पोसाकमा सहभागी देखिएका छन् ।
विशेष महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । उद्घाटन समारोहपछि आजै बन्द सत्र पनि सुरु गरिनेछ ।
दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार कुपण्डोलसँगै काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस चोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट पनि जुलुस भृकुटीमण्डपतर्फ जानेछ। विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया