रास्वपा समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाइयो

लोकपथ
413
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको अद्यावधिक सूची  निर्वाचन आयोगमा बुझाएको छ ।

केही उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको तथा उज्यालो नेपाल पार्टीसँगको एकता प्रक्रिया टुंगिन नसकेपछि सूची संशोधन गरिएको पार्टीले जनाएको छ ।

रास्वपाले यसअघि बुझाएको बन्दसूचीमा समावेश केही नाम हटाएर तथा नयाँ नाम समावेश गरी आयोगमा अद्यावधिक सूची पेस गरेको हो । आयोगले कानुनी प्रक्रिया पूरा भएपछि सूची सार्वजनिक गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?