आज फेरि सुनको पुरानै मूल्यको उच्च रेकर्ड कायम, २ हजार ८ सयले वृद्धि

लोकपथ
84
Shares

काठमाडौं । आज सुनचाँदीको मूल्यले अहिलेसम्मकै महँगो रेकर्ड कायम गरेको छ । 

आज सुनको मूल्य २ हजार ८ सय बढेर प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको छ । 

शुक्रबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढेको थियो । सुनको मूल्य शुक्रबार २ लाख ६७ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

यही पुस १३ गते सुनको मूल्य दुई लाख ७० हजार ६ सय पुगेर फेरि सस्तिएको थियो । आज फेरि सुनले पुरानै मूल्यको उच्च रेकर्ड कायम गरेको हो ।  

गएको बुधबार र बिहीबार दुई दिन लगातार घटेको सुनको मूल्य शुक्रबार र आइतबार फेरि बढेको हो ।

यसैगरी, चाँदीको भाउ आज तोलाको ४ हजार ९ सय ९० रुपैयाँ कायम भएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै महँगो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?