ट्रम्पद्वारा इरानलाई चेतावनी : अमेरिका कडा कारबाहीमा उत्रिनेछ

लोकपथ
140
Shares

 काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको वर्तमान परिस्थितिबारे टिप्पणी गर्दै अमेरिका सहयोग गर्न तयार रहेको बताएका छन् ।  

उनले इरान स्वतन्त्रताको खोजीमा रहेको दाबी गर्दै मध्यपूर्वको उक्त राष्ट्रलाई पुनः चेतावनी दिए । 

इरान सम्भवतः पहिले कहिल्यै नभएको जसरी स्वतन्त्रताको खोजीमा रहेको बताए । संयुक्त राज्य अमेरिका सहयोग गर्न तयार रहेको  उनको भनाइ छ ।  

ट्रम्प र अन्य वरिष्ठ अमेरिकी अधिकारीहरूले यदि इरानले शान्तिपूर्ण प्रदर्शनकारीहरूको हत्या गरेमा वासिङ्टनले कडा कदम चाल्ने चेतावनी पटक–पटक दिँदै आएका छन् । 

ट्रम्पले आफूहरूले परिस्थितिलाई नजिकबाट नियालिरहेको र विगतमा जस्तै दमन भएमा अमेरिका चुप लागेर नबस्ने स्पष्ट पारेका छन् । 

मन्त्रालयले अमेरिकी भनाइहरूले इरानी जनताप्रति वासिङ्टनको निरन्तर शत्रुता झल्काएको बताएको छ । 

इरानी अधिकारीहरूले प्रदर्शनलाई स्वीकार गर्दै जनताका आर्थिक गुनासाहरू सम्बोधन गर्ने इच्छा व्यक्त गरेका छन् । तर हिंसा र तोडफोड नगर्न चेतावनी दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?