महेश बस्नेतको टिप्पणी : रविको संगतले कुलमान ‘न घरको न घाटको’ अवस्थामा पुगे 

लोकपथ
105
Shares

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको राजनीतिक भविष्य अन्योलमा परेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भरोसामा पर्दा घिसिङले मन्त्री पद र समानुपातिक उम्मेदवार बन्ने अवसर गुमाएको दाबी गरेका हुन् ।

बस्नेतले रवि लामिछानेको राजनीतिलाई ‘माकुराको जालो’ सँग तुलना गर्दै त्यसमा परेपछि बाहिर निस्कन गाह्रो हुने बताएका छन् । उनका अनुसार नेकपा एमाले र नेपाली कांग्रेसजस्ता पुराना दलहरू यस्ता जालो तोड्न सक्षम भए पनि कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहजस्ता पात्रहरू सजिलै फस्ने अवस्थामा छन् ।

उनले अन्तर्राष्ट्रिय शक्तिले बुनेको रवि लामिछानेको जालोमा परेर कुलमान घिसिङ अन्धकारतिर धकेलिएको तर्क गरेका छन् ।

साथै, बस्नेतले कुलमान घिसिङको उदाहरण दिँदै अब बालेन शाहको पालो आउन सक्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?