दुई दिने भ्रमणका लागि बेलायती राजकुमार चाल्र्स दम्पत्ति भारतमा

नयाँदिल्ली, २३ कात्तिक । बेलायतका राजकुमार चाल्र्स र उनकी श्रीमती दुई दिने भ्रमणका लागि भारत आइपुगेका छन् भारतको दुई दिने भ्रमणका लागि उनीहरु राजधानी नयाँदिल्ली आइपुगेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायती राजकुमार दम्पत्तीलाई शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ भेटवार्ताका क्रममा उनीहरुबीच दुईपक्षीय सम्बन्ध अझ सुदृढ पार्ने विषयमा छलफल हुने भारतको विदेश मन्त्रालयले जनाएको छ बेलायती राजकुमार र उनकी श्रीमतीले सिंगापुर, ब्रनाई, मलेसिया र भारत गरी चार देशको भ्रमण गर्ने क्रममा उनीहरु भारत आइपुगेका हुन् बेलायतमा धेरै लगानी गर्ने देशहरुमध्ये भारत तेस्रो स्थानमा पर्दछ भने वैदेशिक रोजगारी बढी सिर्जना गरिने देशहरुमध्ये भारत दोस्रो स्थानमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?