विशेष महाधिवेशन पक्षधरद्वारा देउवा र खड्कालाई निमन्त्रणा

लोकपथ
644
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई औपचारिक निमन्त्रणा पठाएको छ ।

पक्षधर समूहले देउवालाई प्रमुख अतिथि र खड्कालाई विशिष्ट अतिथिका रूपमा उपस्थित हुन आग्रह गर्दै निम्ता पठाएको हो ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबार र सोमबार काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान गरिएको छ । 

तर उक्त विशेष महाधिवेशनलाई पार्टीको संस्थापन समूह र डा। शेखर कोइराला नेतृत्वको इतर समूहले मान्यता नदिएको स्पष्ट गरिसकेका छन् ।

पार्टीभित्र विशेष महाधिवेशनलाई लिएर तीव्र विवाद र मतभेद देखिएको बेला देउवा र खड्कालाई औपचारिक निमन्त्रणा पठाइनुले कांग्रेसको आन्तरिक राजनीति थप पेचिलो बन्दै गएको छ ।

विशेष महाधिवेशनमा सभापति देउवा र कार्यवाहक सभापति खड्काको उपस्थितिबारे भने अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?