कांग्रेस महाधिवेशनपछि जेनजी मुभमेन्टसँग मिलेर अघि बढ्छौँ : गगन थापा [भिडियोसहित]

लोकपथ
231
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विशेष महाधिवेशनपछि जेनजी मुभमेन्टसँग मिलेर काम गर्ने बताएका छन् । महामन्त्री थापाले आज भिडियो सन्देश जारी  गर्दै यस्तो बताएका हुन् । 

उनले भनेका छन्, ‘केही दिनअघि जेनजी मुभमेन्टले उठाएका राष्ट्रिय महत्वका मुद्दाहरू, विशेष गरी राजनीतिक सुधार सम्बन्धी विषयमा चुनावअघि नै राष्ट्रिय स्तरमा संवाद र सहमति आवश्यक छ । हामीहरू मिलेर चुनावअघि नै जेनजी मुभमेन्टले उठाएका मुख्य मुद्दाहरूमा राष्ट्रिय स्तरको समझदारी र सहमति गर्न सक्छौँ ।’

महामन्त्री थापाको यो अभिव्यक्ति कांग्रेस र जेनजी मुभमेन्टबीच समन्वय र सहकार्यका सम्भावनालाई जोड दिनेतर्फ केन्द्रित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?