काठमाडौं । विवेकशील नेपाली अभियानका पूर्व अध्यक्ष मिलन पाण्डे आउँदो प्रतिनिधिसभा चुनावमा काठमाडौं क्षेत्र नं. ९ बाट उम्मेदवार बन्ने भएका छन् ।
पाण्डे यसअघि २०७४ र २०७९ मा यही क्षेत्रबाट चुनाव लडिसकेका छन् र विवेकशील नेपाली दलका संस्थापक नेतामध्ये एक हुन् ।
उनी शिक्षा, उद्यम, युवाको सशक्तीकरण र वैकल्पिक राजनीतिमा सक्रिय छन् । पाण्डे नेपाली राजनीतिमा नयाँ संस्कार, पारदर्शिता र उत्तरदायित्व ल्याउने कुरामा विश्वास राख्छन् ।
काठमाडौं–९ मै जन्मिएका र हुर्किएका पाण्डे पार्टीको टिकट वा स्वतन्त्र उम्मेदवारी दिने विषयमा छलफल गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया