काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जेनजी आन्दोलनका क्रममा ठुलो क्षति भए पनि, अहिले खरानीबाट उठेर पुनः नागरिक सुरक्षामा खटिएको बताएका छन् ।
शनिबार ट्राफिक सप्ताह तथा दुर्घटना न्यूनीकरण विशेष अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै कार्कीले प्रहरी कर्मचारीहरूले दुःखद परिस्थितिमा पनि आफ्नो दायित्व बोध गर्दै काम गरिरहेको बताए ।
उनले भने, ‘प्रहरी कर्मचारीहरू अभावमा खुट्टामा जुत्ता नहुँदा, शरीरमा लुगा नहुँदा पनि नागरिक सुरक्षालाई प्राथमिकतामा राख्दै काम गरिरहेका छन् । कुनै पनि व्यक्तिगत इच्छा, आकांक्षा र इन्द्रिय सुखभन्दा माथि उठेर नागरिक सुरक्षामा खटिनु हाम्रो दायित्व हो ।’
उनले सबैलाई जिम्मेवार र सभ्य नागरिक बन्न प्रेरित गर्दै कानुन कार्यान्वयनले कानुनी शासन, कानुनी शासनले सुशासन, सुशासनले समृद्धि र समृद्धिबाट सभ्यता कायम हुने विश्वास व्यक्त गरे ।
महानिरीक्षक कार्कीले ट्राफिक प्रहरी लगायत सबै प्रहरी कर्मचारीलाई चुनौतीपूर्ण परिस्थितिमा पनि जनताको सुरक्षा प्राथमिकता बनाएर काम गर्न निर्देशन दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया