काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आगामी निर्वाचनमा केन्द्रित रहन निर्देशन दिएका छन् ।
एमालेको शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकमा उनले निर्वाचनको तयारीलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका हुन् ।
अध्यक्ष ओलीले भने, ‘अहिले पनि निर्वाचनको वातावरण बनेको छैन। राजनीतिक दलका नेताहरूमाथि विभिन्न लाञ्छना लगाउने, आरोप लगाउने र फसाउने प्रयास जारी छ । यस्ता परिस्थितिमा भयरहित निर्वाचनको सुनिश्चितता सरकारले गर्न सकेको छैन ।’
उनले फागुन २१ गते निर्वाचन सम्भावित हुने बताए र सरकारलाई राजनीतिक सहमतिको आधारमा मात्र निर्वाचनसम्बन्धी निर्णय लिन सुझाव दिएका छन् । उनले बैठकमा पार्टीका सबै पंक्तिलाई निर्वाचनको लागि सधैँ तयार रहन र आवश्यक तयारी गर्न आह्वान गरे ।
समानुपातिक निर्वाचनको लागी पार्टीले सर्वसहमतिले बन्द सूचिमा नाम सिफारिस गरेको जानकारी दिँदै अध्यक्ष ओलीले प्रत्यक्ष निर्वाचनका नाम सिफारिस गर्दा तल्लो कमिटिमा देखिएका विवादबारे पनि चर्चा गर्दै, पार्टी निर्देशनअनुसार काम गर्न आग्रह गरे ।
ओलीले सबै प्रकारका चरणबद्ध निर्वाचन र स्वेच्छाधारी निर्णयलाई अस्वीकार्य रहेको उल्लेख गर्दै, पार्टीको निर्वाचन तयारीमा कुनै बाधा नआओस् भनेर सचेत रहन नेताहरूलाई निर्देशन दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया