काठमाडौं । नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले गगन थापा र विश्वप्रकाश शर्माले बोलाएको नेपाली कांग्रेसको विशेष महाधिवेशन नेपालको राजनीतिको लागि ठुलो महत्त्व राख्ने बताएका छन् ।
भुसालले सामाजिक सञ्जाल फेसबुकमार्फत महाधिवेशन सफल भए कांग्रेस आफैँको पार्टी बन्ने र यसले कम्युनिष्ट पार्टीलाई समेत आफ्नै मार्गमा प्रेरित गर्ने बताए ।
उनले लेखेका छन्, ‘विशेष महाधिवेशनले नेपाली राजनीतिको मधुशाला भत्काउन सके, आजको राजनीतिक गतिरोध तोड्न असाधारण योगदान गर्नेछ र सडकमा दिनदहाडै भइरहेको विचारको खरिदबिक्री रोकिनेछ।’
भुसालले भने, ‘नेपाली कांग्रेस काङ्ग्रेसीहरूको हुनु पर्थ्यो, कम्युनिष्ट पार्टी कम्युनिष्टहरूको । तर लामो समयदेखि कांग्रेस कमरेड ओली, प्रचण्ड र प्रधानमन्त्री–राष्ट्रपति हुने घिडघिडोमा बाँचेका नेताहरूको प्रभावमा छ। कम्युनिष्ट पार्टीका नीतिहरूमा पनि श्री देउवाको प्रभाव बढी देखिन्छ ।’
उनले गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा हुने महाधिवेशन उनीहरूको मामिला भए पनि यदि सफल भयो भने कम्तीमा दलाल पुँजीवादको संयुक्त कार्यालय विघटन हुने दाबी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया