काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सडक दुर्घटना न्युनिकरणका लागि सबैले जिम्मेवारीवोध गर्न आवश्यक रहेको बताएकी छन् ।
शनिबार आयोजित ट्राफिक सप्ताह तथा दुर्घटना न्यूनीकरण विशेष अभियानको शुभारम्भ कार्यक्रममा उपप्रमुख डंगोलले सडक दुर्घटनाबाट प्रत्येक वर्ष दुई हजार भन्दा बढीले ज्यान गुमाउने गरेको र यसबारे चालक, पैदल यात्री, अभिभावक सबैले जिम्मेवारी लिनुपर्ने बताइन् ।
उनले आर्थिक वर्ष २०७८–७९ मा सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या २ हजार ३ सय ६९ र २०७९–८० मा २ हजार ५ सय ४६ रहेको तथ्यांक प्रस्तुत गर्दै भनिन्, ‘हामी दुर्घटना घटाउने प्रतिबद्धता जनाइरहेका छौँ तर तथ्यांकले भने वृद्धि देखाइरहेको छ । यसमा हामी सबैले जिम्मेवारी लिनुपर्छ । बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबैले ट्राफिक नियमको पालना गर्नुपर्छ ।’
उपप्रमुख डंगोलले विशेषगरी टिप्पर चालकहरूको लापरबाही सडक दुर्घटनाको प्रमुख कारण रहेको पनि औँल्याइन् ।
उनले नागरिकहरूलाई सडकमा सचेत रहन र नियम पालना गर्न आग्रह गर्दै दुर्घटनामा कमी ल्याउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया