काठमाडौं । कलाकार हरिवंश आचार्यले काठमाडौंमा सवारीसाधनको चाप अत्यधिक भइसकेको बताएका छन् ।
शनिबार ट्राफिक सप्ताह तथा दुर्घटना न्यूनीकरण विशेष अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले ट्राफिक नियम पालना भए पनि सवारी व्यवस्थापनमा समस्या रहेको बताए ।
आचार्यले भविष्यमा सवारी चलाउन नै कठिन स्थिति आउन सक्ने भन्दै सरकारसँग सडक विस्तारका लागि आवश्यक जमिन अधिग्रहण गर्ने क्षमता नभएको बताएका छन् ।
उनले भने, ‘हाम्रा अग्रजहरूले काठमाडौं सहर बनाउँदा सवारीसाधन बढ्ने अनुमान राखेर योजना बनाएको भए यो अवस्था भोग्नु नपर्ने थियो । भोलिका दिनमा हामीले गाडी चलाउने ठाउँ नपाउन सक्छौँ ।’
उनले सार्वजनिक सवारी साधन कम रहेको र ट्राफिक व्यवस्थापनमा तत्काल गम्भीर कदम आवश्यक रहेको पनि जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया