काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ पत्रकार तथा पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शनिबार बिहान बसेको पार्टीको केन्द्रीय समितिको बैठकले यो निर्णय गरेको हो ।
दाहाल २०५६ सालको आम निर्वाचनमा ओखलढुंगा–१ निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
उनले कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका थिए । पार्टीको विभिन्न जिम्मेवारीमा रहेर दाहालले नेपाली कांग्रेसको संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निभाएका थिए ।
पार्टीले पुस २६, २७ र २८ गतेसम्म केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा अर्ध झुकाउने, पुस २७ गते सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ । साथै, स्वर्गारोहणको १३ दिनसम्म शोक पुस्तिका राख्ने र १३औँ दिन ओखलढुंगामा शोक सभा आयोजना गर्ने प्रस्ताव पनि पारित गरिएको छ ।
दाहालको आज बिहान निधन भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया