काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक जारी छ । कांग्रेसले आज बिहान ९ बजे पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा प्रदेश सभापतिसहितको केन्द्रीय समिति बैठक आकस्मिक रूपमा आह्वान गरेको हो ।
बैठकमा पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वसांसद, पूर्वमन्त्री तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्ने तथा त्यससँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ ।
केन्द्रीय कार्यालयमा जारी बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरू सहभागी छन् । सातवटै प्रदेशका सभापतिहरूलाई समेत बैठकमा बोलाइएको छ ।
तर बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहभागी भएका छैनन् । उनीहरू बैठकमा अनुपस्थित हुनुको कारण भने सार्वजनिक गरिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया