काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले आजका लागि तय गरेको पदयात्रा स्थगित गरेका छन् ।
विशेष महाधिवेशनको प्रचार–प्रसारका लागि आज दिउँसो १ बजे भृकुटीमण्डपबाट पदयात्रा गर्ने कार्यक्रम तय गरिएको थियो । तर कांग्रेस नेता एवं पूर्वमन्त्री तथा वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति शोक व्यक्त गर्दै कार्यक्रम स्थगित गरिएको हो ।
विशेष महाधिवेशन पक्षधरले आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा दिवंगत दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकको समयमा कुनै कार्यक्रम नगर्ने निर्णय गरिएको जानकारी गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया