ग्रीनल्याण्डमा ट्रम्पको आँखा–भन्छन्, ‘सजिलो होस् वा कठिन, ग्रीनल्याण्ड प्राप्त गर्छौँ’

लोकपथ
91
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले ग्रीनल्याण्ड प्राप्त गर्नका लागि सजिलो वा कठिन दुवै तरिकाबाट सम्झौता गर्न सक्ने बताएका छन् ।

ह्वाइट हाउसले ग्रीनल्याण्डका बासिन्दाहरूलाई अमेरिकामा सामेल हुन सहमत गराउन आर्थिक प्रलोभन दिनेबारे विचार गरिरहेको भन्ने सञ्चारमाध्यमको रिपोर्टबारे सोधिएको प्रश्नमा ट्रम्पले आफू हाल ग्रीनल्याण्डका लागि पैसाको विषयमा कुरा नगरेको स्पष्ट पारे ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकाका लागि डेनमार्कका राजदूत जेस्पर मोलर सोरेन्सन र अमेरिकाका लागि ग्रीनल्याण्डका प्रतिनिधि प्रमुख ज्याकोब इबोसेथसेनले बिहीबार ह्वाइट हाउसका अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।

यसैबिच, ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै ट्रम्पको ग्रीनल्याण्डसम्बन्धी दाबीका सन्दर्भमा अमेरिकी सेनाको प्रयोग सधैँ एक विकल्पका रूपमा रहेको उल्लेख गरेको छ ।

तर ग्रीनल्याण्ड र डेनमार्क दुवैले ग्रीनल्याण्ड कुनै पनि हालतमा बिक्रीका लागि नभएको भन्दै अमेरिकाको दाबीलाई अस्वीकार गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?