विवादमा परेपछि खेलकुदमन्त्री गुप्ताको अमेरिका भ्रमण के हुन्छ ?

लोकपथ
56
Shares

काठमाडौं । अमेरिका भ्रमणको विषयले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता विवादमा तानिएका छन् ।

एनआरएनएले आयोजना गरेको कार्यक्रममा अमेरिका जाने भन्दै मन्त्री गुप्ताले तयारी गरेका थिए । तर एनआरएनएको अर्को समूहले आफूहरुले नबोलाएको भन्दै विज्ञप्ति निकालेपछि मन्त्री गुप्ताको अमेरिका भ्रमण विवादमा परेको हो । जसकारण उनी अमेरिका भ्रमणमा जाने वा नजाने अनिश्चित बनेको छ ।

युवा तथा खेलकुद मन्त्रालयका सूचना अधिकारी जगदीश पराजुलीले मन्त्री गुप्ता अमेरिका जाने वा नजाने भन्ने तय नभएको लोकपथसँग बताए ।

‘उहाँ अमेरिका जाने भन्ने थियो । तर, एक त क्याबिनेटबाट निर्णय हुन ढिलाइ हुन पुग्यो । त्यसपछि पनि जाने नजाने भन्ने ठोस निर्णय हुन बाँकी थियो । अहिले आएर उहाँले भिसाका लागि आवेदन नै दिनुभएन । अब जाने नजाने अहिलेनै भन्न सकिन्न,’ उनले भने ।

नक्कली निमन्त्रणा बनाई जेनजी आन्दोलनपछि नेपालको विकासमा गैरआवासीय युवाहरूको भूमिका विषयक कार्यक्रममा भाग लिन उनी अमेरिका जान लागेको भन्दै मन्त्री गुप्ताको व्यापक आलोचना भइरहेको छ ।

मन्त्रिपरिषद्को पुस २१ गते बसेको बैठकले मन्त्री गुप्तालाई अमेरिका जान स्वीकृति प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?