जाजरकोटमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार जना घाइते

लोकपथ
49
Shares

काठमाडौं । जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

छेडागाड नगरपालिका–९ पजारुबाट थलहतर्फ आउँदै गरेको क.प्र. ०२–००१ च १३२७ नम्बरको जिप शुक्रबार बिहान ११ बजेतिर ब्रेक फेल भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

चालकसहित ६ जना सवार रहेकोमा २ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य घाइतेहरूको उद्धार गरी उपचारका लागि नगर अस्पताल बडाबन पठाइएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी मृत्यु हुनेमा छेडागाड नगरपालिका–९ पजारुकी ७० वर्षीया नन्दकला अधिकारी र सोही ठाउँ बस्ने २८ वर्षीय राजु अधिकारी छन् ।

यस्तै, जिप चालक सोही ठाउँका २४ वर्षीय कृष्ण अधिकारी, २० वर्षीया लक्ष्मी खत्री, ३९ वर्षीय वीरबहादुर अधिकारी र दैलेखको नौमुले गाउँपालिका–६ की २३ वर्षीया सितला रावत घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?