बब्लुमाथि महावीरको व्यंग्य– ‘विदेश घुमेर अर्थतन्त्र सुधार हुन्छ ?’

लोकपथ
119
Shares

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेश मोहमा फसेका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तामाथि व्यंग्य गरेका छन् ।

खेलकुदमन्त्री गुप्ता अमेरिका जाने विषयमा विवादमा तानिएपछि मन्त्री पुनले विदेश घुमेर अर्थतन्त्र सुधार नहुने टिप्पणी गरे ।

एनआरएन अमेरिकाको एक समूहले विदेश भ्रमणमा बोलाएको भन्दै मन्त्री गुप्ताले त्यसतर्फ जाने तयारी गरेका थिए । तर जुन समूहबाट निमन्त्रणा आएको भनियो सोही समूहबाट आफूहरुले नबोलाएको खबर आएपछि भने मन्त्री गुप्ता विवादमा तानिएका हुन् ।

यता मन्त्री पुनले आफूलाई मन्त्री भएपछि पटकपटक विदेश भ्रमणको निमन्त्रणा आएको तर आफूले अस्वीकार गरेको दाबी गरे । त्यस्तै देशको अर्थतन्त्र नसुधारेसम्म जुनसुकै प्रधानमन्त्री वा अर्थमन्त्री आए पनि देशको विकास नहुने भन्दै विदेश घुमेर अर्थतन्त्र सुधार हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।

‘देशको अर्थतन्त्र नसुधारेसम्म जो सुकै प्रधानमन्त्री र अर्थमन्त्री आए पनि केहि प्रगति हुनेवाला छैन किन भने केहि गर्न पैसा चाहिन्छ । विदेश घुमेर अर्थतन्त्र बन्छ ?,’ उनले प्रश्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?