काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ ।
पार्टीमा विशेष महाधिवेशनको पक्ष र विपक्षमा नेता कार्यकर्ताबिच विवाद उत्कर्षमा पुगेको बेला सभापति खड्काले पत्रकार सम्मेलन गर्ने तयारी गरेका थिए ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना हुने जानकारी मुख्यसचिव कृष्णप्रसाद पौडेलले मिडियालाई दिएका थिए । तर केही समयपछि उनले अर्को सूचना जारी गर्दै सम्मेलन स्थगित भएको जानकारी दिएका छन् ।
यसअघि इतर समूहका नेता डा.शेखर कोइरालाको उपस्थितिमा पत्रकार सम्मेलन हुने प्रचार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया