एमाले केन्द्रीय समिति बैठक भोलिदेखि, नागरिकताको प्रतिलिपि पनि अनिवार्य

लोकपथ
189
Shares

काठमाडौं । नेकपा एमालेले भोलि शनिबार बस्नेगरी केन्द्रीय कमिटी बैठक बोलाएको छ । 

एघारौँ महाधिवेशनबाट नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको बैठक दोस्रोपटक बस्न लागेको हो । यसअघि प्रथम बैठक पुस ४ गते बसेको थियो । 

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार भोलि शनिबार (पुस २६) बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको हो । २७ गते सम्पन्न हुने बैठक ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्य्रान्ड पार्टी प्यालेसमा बस्ने छ । 

एमालेले बैठकमा केन्द्रीय सदस्यहरूलाई आफ्नो नागरिकताको प्रतिलिपिसहित उपस्थित हुन निर्देशन दिएको छ । केन्द्रीय सदस्यहरूको उमेर समूह र परिचयसहित निर्वाचन आयोगमा समेत पेस गर्नुपर्ने भएकाले नागरिकताको प्रतिलिपि लिएर उपस्थित हुन भनिएको हो ।

प्रतिनिधिसभाको आसन्न चुनावअघिको यो बैठकले नीतिगत निर्णय लिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?