के भयो आज सुनको मूल्य ?

लोकपथ
266
Shares

काठमाडौं । साताको अन्तिम कारोबारका दिन आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २१ सय रुपैयाँले बढेको हो । 

अघिल्लो दिन २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज  २१ सय रुपैयाँले बढेर २ लाख ६७  हजार ८ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोलामा ५५ रुपैयाँले घटेको हो ।

अघिल्लो दिन ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी  आज ५५ रुपैयाँले घटेर ४ हजार ७ सय  ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?