एमालेद्वारा सर्लाही–१ बाट मनोजकुमार देवकोटाको एकल नाम सिफारिस

लोकपथ
378
Shares

लालबन्दी । नेकपा एमालेले सर्लाहीको क्षेत्र नं. १ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोजकुमार देवकोटाको एकल नाम सिफारिस गरेको छ ।

लालबन्दीस्थित मदनआश्रित भवनमा सम्पन्न निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले क्षेत्र नं. १ बाट देवकोटा एक्लैको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो । 

ईश्वरपुर नगरपालिका–३ भक्तिपुर निवासी देवकोटा ईश्वरपुर नगरपालिकाको पूर्वमेयर तथा नेकपा एमाले सर्लाहीका पूर्वजिल्ला अध्यक्षसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?