काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण नगरेको स्पष्ट पारेको छ ।
संघले जारी गरेको विज्ञप्तिमा एनआरएनए अमेरिकाको नाममा कुनै पनि युवा सम्बन्धी कार्यक्रम आयोजना नगरिएको जनाइएको छ । साथै, संस्थाको नाम प्रयोग गरी अनधिकृत कार्यक्रम सञ्चालन तथा मानव तस्करीजस्ता गम्भीर गैर कानुनी गतिविधि भइरहेको भन्ने विश्वसनीय जानकारी प्राप्त भएको उल्लेख गरिएको छ ।
यस्ता गतिविधिहरू एनआरएनए अमेरिकाको जानकारी, स्वीकृति वा आधिकारिक निर्णयबिनै केही व्यक्ति वा समूहले संस्थाको नाम र वेबसाइटको दुरुपयोग गरी सञ्चालन गरिरहेको विज्ञप्तिमा भनिएको छ ।
एनआरएनए अमेरिका संयुक्त राज्य अमेरिकामा कानुनी रूपमा दर्ता भएको आधिकारिक संस्था भएको उल्लेख गर्दै संस्थाको नाम, इआईएन र डिजिटल पहिचानको दुरुपयोगले कानुनी, आर्थिक र प्रतिष्ठासम्बन्धी जोखिम निम्त्याउने चेतावनी दिइएको छ ।
संघले अनधिकृत गतिविधिहरूप्रति सचेत रहन र आधिकारिक जानकारीका लागि संस्थाका मान्य माध्यमहरूमा मात्र भर पर्न सबैलाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया