काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । पार्टी कार्यालयमा दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको कांग्रेसले जनाएको छ ।
पत्रकार सम्मेलनमा कांग्रेस नेता शेखर कोइरालासहित शीर्ष नेताहरूको सहभागिता रहने बताइएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेसभित्र विवाद चर्किएको छ । सो विवाद समाधानका लागि बिहीबार पनि नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग भेट गर्दै समाधानका लागि आग्रह गरेका थिए ।
पत्रकार सम्मेलनमा पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्थाबारे धारणा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया